नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ४० करोडको डील? निजी बैंकका सीईओले राजीनामा दिए

काठमाडौं १२ चैत्र – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा ४० करोड रुपैयाँको डील भएको गम्भीर आरोप बाहिर आएको छ। एक महिलाले उक्त रकम चलखेल गरेको दाबी गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

यसैबीच, एक निजी बैंकका सीईओले गभर्नर बन्नकै लागि पदबाट राजीनामा दिएको समाचारसमेत सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको उच्च पदस्थ अधिकारीहरूमाथि आर्थिक चलखेल र अनियमितताको गम्भीर आरोप लागेपछि बैंकिङ क्षेत्र तरंगित भएको छ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले फेसबुकमा लेख्दै गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप, पैसाको चलखेल र स्वार्थको खेल भइरहेको संकेत गरेका छन्। उनले लेखेका छन् – "अति हुन नदेऊ न शेरबहादुर, अलिअलि देश त तिम्रो पनि हो नि!"

गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक दबाब, आर्थिक अनियमितता र शक्ति समीकरणको गम्भीर आरोप लागिरहेको भए पनि नेपाल सरकार र सम्बन्धित निकायले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि चर्चामा आएका उम्मेदवारहरूमा पूर्व अर्थसचिव डा. राजन खनाल, पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारी, र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी छन्। यसैबीच, एक निजी बैंकका सीईओको राजीनामा थप रहस्यपूर्ण बनेको छ।

यस गम्भीर प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन सरकार र अनुसन्धान निकायले तत्काल छानबिन गर्नु आवश्यक छ। गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयमा आर्थिक लेनदेनको खेल भएमा यसले समग्र बैंकिङ प्रणालीप्रति गम्भीर अविश्वास पैदा गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP