काठमाडौ १२ चैत -सशस्त्र प्रहरी बलले मंगलबार झापाको मेचीनगर नगरपालिका-६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारी ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हो।
सशस्त्र प्रहरी नायव महानिरीक्षक र प्रवक्ता कुमार न्यौपानेले जानकारी दिँदै भने, "सुरक्षा फौजले मदन पोख्रेलको घरबाट ३९ बोरा र उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पाट्र्स बरामद गरेका छन्।"
बरामद गरिएको लत्ताकपडा र मोटर पाट्र्सको अनुमानित मूल्य १ करोड रुपैयाँ आसपास रहेको सशस्त्र प्रहरी प्रवक्ताले जनाएका छन्। "बरामद सामानलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रिया जारी छ," उनले थपे।
यो छापा सशस्त्र प्रहरी बलको गम्भीर कार्यवाही अन्तर्गत गरिएको हो, जसको उद्देश्य अवैध कारोबारको नियन्त्रण र सुरक्षा सुनिश्चित गर्नु हो।
काठमाडौँ ।प्रहरी संगठनभित्र बहुप्रतीक्षित डीआईजी बढुवामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले देख ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!