आजदेखी सौराहामा हात्ती महोत्सव सुरु

आजदेखी सौराहामा हात्ती महोत्सव सुरु

११ पुष , चितवन । चितवनको सौराहा स्थिति बाघमारामा आजदेखि हात्ती एबम पर्यटन महोत्सव सुरु हुनेभएकोछ।

अङ्ग्रेजी नयाँ बर्षको सुरुबातसगै हुने यस्तो महोत्सव क्षेत्रीय होटेल संघ सौराहाले आयोजना गर्न लागेको ।

१८ औ बर्षमा प्रवेश गरेको आजदेखि हुने हात्ती महोत्सवको उद्घाटन भने उपप्रधानमन्त्री ,सहरी बिकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव सम्योजक रामकुमार अर्यालले जानकारी दिए।

पाँच दिनसम्म सन्चान हुने हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि हुने अपेक्षा लिएकोछ।

यहाँका होटलहरुले महोत्सवका अवसरमा पर्यटकहरुलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएको जनाएका छन् ।

महोत्सवमा हात्तीको श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक  लगायत अन्य मनोरञ्जनको कार्यक्रम समेत रहेकोछ।

 

 

 

 

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

२३ वडा स्थानीय तहको निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी रद्द।
एक बर्ष अगाडि

काठमाडौँ । २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरिएको छ । संघीय ...

छुटाउनुभयो कि ?

TOP