६ महिना भित्र तीन हजार नेपालीले अमेरिका छाड्नुपर्ने

काठमाडौं । ४७ औ राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ ।

गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरूले अब अमेरिका छोड्नुपर्ने हुन्छ।

अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता भैसक्नुपर्नेछ ।

स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू हुन । यसअघि पनि अमेरिकाले नेपालीलाई फर्काएको उदाहरण छ ।

पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्किनुपरेकोछ। जसमा सन् २०२१ मा ३८ साथै २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना छन् ।

अमेरिका बाहेक  पछिल्लो ४ वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएको छ ।

भारत सरकारले  अमेरिकामा गैरकानूनीरूपमा बसेका भारतीयहरूलाई फिर्ता गर्न भारत तयार भएको भन्दै सहयोगको प्रतिवद्धता जनाइसकेका छन् ।

नेपाल सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक धारणा आएकोछैन।

भारतले अमेरिकाले गरेको निर्णयमा अन्तर्राष्ट्रिय  कुट्निती देखाएर ट्रम सरकारको निर्णयलाई सघाउने प्रतिबद्धता जनाएकोछ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP