काठमाडौँ । २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठलाई पन्छ्याएर कनिष्ठले लिएको प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरेको हो ।
मन्त्रालयले १० वटा नगरपालिका र १३ वटा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।
पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै मनपरीमा स्थानीय तहहरूले कन्फर्म प्रमुख प्रशासकीय अधिकृतहरूलाई हटाएर जनप्रतिनिधिहरूको रोजाइका कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरेको थियो । जसका कारण कर्मचारीहरूको मनोबल खस्किएको मात्रै थिएन, अनियमितता समेत बढ्दै आएको थियो ।
दोस्रो तेस्रो मात्रै हैन, चौथो र पाँचौँ तह नै नाघेर निमित्तका पनि सीमित दिन थालेसँगै स्थानीयमा प्रशासनिक क्षेत्रमा अराजकता मच्चिएको थियो । केही मन्त्री र सचिवहरूले नै यसलाई निरन्तरता दिँदै आएका थिए ।
ज्येष्ठले पाउनु पर्ने कानुनी व्यवस्थालाई चुनौती दिँदै आफूखुसी कनिष्ठहरूलाई निमित्त दिएकाहरूको जिम्मेवारी रद्द गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई बताएको छ ।
मन्जुरीनामा, सहमति, स्थानीयमा चल्न नसक्ने अवस्था जनाउँदै ज्येष्ठ भन्दा कनिष्ठले चलाउँदा विकृतिहरू बढ्दै गएको जनगुनासो व्यापक रूपमा बढ्दै आएको थियो । पैसा र पावरका भरमा सातौँ, आठौँ लाईसमेत पन्छ्याउँदै छैटौ सम्मैले निमित्त हटाउँदै आएका थिए ।
पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन सचिवको रूपमा आएका सचिव रविलाल पन्थले गरेको निर्णयले थोरै भए पनि प्रशासनिक सुधारमा आशाको संकेत गरेको छ । यसलाई क्रमशः सुधार गर्दै लगेको खण्डमा अहिले देखिएको अराजकता र विकृति केही हदसम्म भएपनि कम हुने कर्मचारीहरुको विश्वास रहेकोछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया