टोखा नगरपालिकाको ११ नम्बर वडाले सन्चालन गर्यो एक दिने स्वास्थ सिबिर

टोखा नगरपालिकाको ११ नम्बर वडाले सन्चालन गर्यो एक दिने स्वास्थ सिबिर

काठमाडौ ।टोखा नगरपालिका वडा नम्बर ११ ले शुक्रवार महिला तथा बालबालिकाहरुको लागि एक दिने स्वास्थ सिबिर सन्चालन गर्‍यो ।

आम वडाबासीहरुको माग बमोजिम सिबिर सन्चालन गरिएको वडा अध्यक्ष घनश्याम खड्काले बताए।

वडा कार्यलयको आफ्नै  भवनमा सन्चालन गरिएको सो कार्यक्रममा एक सय २५ जना महिला तथा बालबालिकाले निशुल्क सेवा लिएका थिए।

औसधि समेत निसुल्क  बितरण गरिएको थियोे ।खासगरी  गृहिणी महिलाहरुको स्थन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गराइएको थियो ।

स्वस्फूर्त स्वास्थ परिक्षण गराउन पुगेका महिला तथा बालबालिकाहरुको स्वास्थ स्वस्थ रहेको चिकित्सकहरुले बताएका थिए। चिकित्सकहरुमा बालबिषेशज्ञ डा.सर्बेसकुमार दास र स्त्रीरोग बिसेसज्ञ मुना कार्की रहेका थिए।

इसान अस्पतालको प्राबिधिक सहयोगमा सिबिर सन्चालन भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP