टोखा नगरपालिकाले सेल्सबेरी ,बिगमार्ट ,मासुपसल,खाद्यान्न पसल माथी गर्यो कार्बाहि
सम्बादाता
२०८१-०६-१६
156
Shares
१६ असोज काठमाडौ ।टोखा नगरपालिकाले नगर भित्रका वडाहरुमा संचालित पसलहरुमा अनुगमन गरिरहेकोछ।
आज बुधबार पनि वडा ४,५ र ७ मा अनुगमन गरेको हो।प्रमुख
प्रशासकिय अधिकृत शेरबहादुर बिसिको नेतृत्वमा उपमेयर,वडा जनप्रतिनिधि ,उपभोक्ता हित संरक्षण समिति ,खाद्य तथा गुणस्तर ,बाणिज्य लगायत सन्चारकर्मिको बाक्लो उपस्थितिमा मासु पसल ,खाद्यान्न ,तरकारी फलफुल र पानीको गुणस्तर जाँच गरिएको थियो ।
टोखामा संचालित बिगमार्ट,सेल्सबेरी लगायत पसलहरु कार्बाहिमा परेकाछन।कमसल सामान बेचेको,म्याद नाघेको सामान राखेको,सरसफाइमा ध्यान नदिएको ,ब्यबसाय दर्ता समेत नगरेको पाइएकोछ।
नगरपालिकाले समय तोकेर जरिवाना गरेकोछ ।नियम नमान्ने ब्यबसाय बन्द गरिदिने चेतावनी पत्र व्यावसायिको हातमा थमाइदिएकोछ।
नगरपालिकाले दसैं मुखमा गरिएको अनुगमनको आम उपभोक्ताहरुले खुलेर प्रसम्सा गरेकाछन।नगरपालिकाले दसैं पछि यस्तो कार्यलाई निरन्तरता दिने प्रशासकीय प्रमुख शेरबहादुर बिसिले रेडमिडियालाई जानकारी दिए।
प्रतिक्रिया