इन्द्रेणीमा बालयोगेश्वर बिजय श्री कृष्ण मुर्ति जि महाराज सम्मानित

इन्द्रेणीमा बालयोगेश्वर बिजय श्री कृष्ण मुर्ति  जि महाराज सम्मानित

१३ कार्तिक ,काठमाडौ ।यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराज आज मंगलबार सम्मानित भएकाछन।

रोल्पा कलाकार समाजले इन्द्रेणी कार्यक्रममा पुगेर वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो ।

गत साउन महिनाभरी उनले पशुपति कोटिहोम सन्चालन गरेर बिश्व भरी चर्चामा रहेका थिए।

नेपाली समाजमा महाराजले पुराएको  योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताइन।

सोही कार्यक्रमका बीच महाराजलाई पुर्ब उपराष्टपति नन्दबहादुर पुनले पनि दुबोको माला लाएर सम्मान गरेका थिए।

उतिनै बेला मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन र  रोल्पा कलाकार समाजलाई सम्मान गरेको थियो।

उनै वालयोगेश्वर महाराजले ललितपुरको गोदावरी नगरपालिकामा मामाघर आश्रम र भक्तपुरको ताथलीमा   छोरीको घर जेष्ठ नागरिक आश्रम पनि सञ्चालन  गरिरहेकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौ महानगरको नसर्ने रोग सम्बन्धि सचेतना महा अभियान ,सिर्जना पाठकको टिम वडा नम्बर ३ मा
एक बर्ष अगाडि

११ मङ्सिर काठमाडौ ।काठमाडौ महानगरपालिका स्वास्थ्य विभाग अन्तर गत शहरी स्वास्थ प्रवर्द्धन केन्द का म ...

छुटाउनुभयो कि ?

TOP