१६ कार्तिक काठमाडौ ।राष्ट्रिय किसान आयोगले लक्ष्मी पुजाको दिन बजारमा बिक्रीमा राखिएका फुलहरुको अनुगमन गर्यो।
प्रतिबन्धित भारातिय फुल बिक्रीवितरणमा सरकारले सर्त सहित कडाइ गरेको थियो।
त्यस अन्तर्गत आयोगले बिहानदेखि काठमाडौ ,ललितपुरका फुल बिक्री स्थलमा पुगेर अनुगमन गरेको आयोगकि प्रबक्ता जिवन्ती पौडेलले बताइन् ।
ललितपुर चापागाउ दोबाटोमा एउटा गाडीमा भारतीय फुलहरु अनलोड हुदैछ भन्ने किसानहरुको गुनासो आएपछि किसान आयोगको टोलि पुगेको थियो।
आयोगको टोलि पुग्ने बितिकै अनलोड गर्न लागेको गाडी रित्तै फर्कियो।भारतीय फुल लिएर बारा हुँदै उपत्यकामा आइपुगेको उक्त गाडी ललितपुर उपमहानगर प्रहरी र काठमाडौ महानगर प्रहरीको समन्वयमा कोटेश्वरबाट काठमाडौ महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाली किसानहरूको हितमा किसान आयोगले गरेको यस किसिमको कार्यको किसानहरुले खुसी व्यक्त गरेकाछन।
अनुगमनमा जतिसुकै कडाइ गरेको भएपनी भारतिय फुलहरु बिक्री भैरहेको थियो।आयोगले सुझाव सहित व्यावसायिहरुलाइ नेपाली फुल बेच्न ,भारतीय फुल नबेच्न चेतावनी दिएको थियो।
नेपाली किसानहरुको लागि प्रोत्साहन हुने गरि फुलको ब्यापार गर्न ब्यबासायीहरुलाइ प्रबक्ता पौडेलले अनुरोध समेत गरिन।
आयोगको तर्फबाट कृषि बिज्ञ सदस्य पुस्पा भुसाल ,किसानको तर्फबाट केन्द्रिय अध्यक्ष कुमार कुसुजु लगायत पत्रकार सहितको टोलि दिनभर अनुगमनमा खटेको थियो।
सरकारले लिएको कदमले नेपाली फुल ब्यबासायीहरुले भाउ पाउदा निक्कै खुसी देखिन्थे नेपाली किसान र ब्यबासायीहरु पनि यतिबेला /
काठमाडौ महानगरले भारतीय फुल बिक्रीमा पुर्ण प्रतिबन्ध लगाएको थियो।बिहानैदेखि महानगर प्रहरी काठमाडौमा खटिरहेका थिए ।समायानुकुल अनुगमन गर्दै आइरहेको राष्ट्रिय किसान आयोगले यस्तो कार्यलाई निरन्तरता दिने बाताएकोछ।
बिशेष शर्मा
- २०८१-०७-१६
एक बर्ष अगाडि
१३ मङ्सिर ,काठमाडौ ।पशुपति क्षेत्र बिकास कोषले बाला चतुर्दशी मेलामा बत्ति बाल्न आउनेहरुको लागि आबश
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!