यल्लो टाइगरको दोश्रो दिनको देउसी कार्यक्रममा झनै थपियो रौनक

यल्लो टाइगरको  दोश्रो दिनको देउसी कार्यक्रममा झनै थपियो रौनक

१६ कार्तिक काठमाडौ ।एल्लो टाइगर इन्टरटेन्मेन्ट एन्ड मुभिज खरिबोट बनस्थलली काठमाडौले पुर्ब घोषित कार्यक्रम अनुसार आज बिहिवार दोश्रो दिन पनि देउसी भैलो खेलिरहेकोछ।

बिहान १२:१५ बाट काठमाडौ वडा नम्बर १६ का घरहरुमा देउसी खेलीरहेकोछ।

देउसी कार्यक्रम मा भटाउने काम भने सन्चार्कर्मी/गायिका बिष्णु माया पौडेलले गरेकी छिन।

करिब २५ जना सहभागी देउसी कार्यक्रममा सम्पुर्ण ब्यक्तिहरु उतिकै नृत्य गर्न सिपालु देखिन्छन् ।

यल्लो टाइगर डान्स सेन्टरले आफना बिद्यार्थीहरुका घर घर पुगेर देउसी खेलिरहदा अभिभावकहरु धेरै खुसी देखिन्थे।

घर घर पुगेका देउसी टोलिलाई घरबेटीहरुले सगै देउसी खेलेर खुसी हुँदै उत्सब मनाइरहेकाछन।

देउसी खेल्न पुगेका देउसी टोलि पनि उनीहरुको देखिएको खुसीमा खुसी हुँदै आशिर्वाद सहित मज्जाले देउसी खेली रहेकाछन।

हिजो राती १२ बजेसम्म खेलेको देउसी आज राती १० बजेसम्म खेलिने एल्लो टाइगरकि निर्देशक शुस्मा सिंहले बताइन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP