प्रधानमन्त्री केपी शर्मा ओलिले मुख्य सचिबलाई फेसबुकबाटै दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलिले मुख्य सचिबलाई फेसबुकबाटै दिए बधाई

काठमाडौ ।नेपाल सरकारले बिहीवार मुख्य सचिबमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो।मुख्य सचिबलाई सबैतिरबाट कार्यकालको शुभकामना र बधाई आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलिले पनि फेसबुकबाट बधाई दिएकाछन।उनले दिएका बधाईलाई हामिले जस्ताको तस्तै राखि दिएकाछौ।

नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई बधाई। नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्छ। सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।  हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ । सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ। हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख(निजामती , शिक्षक ,सुरक्षा ) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन् । राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना !!

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कुलेखानी -फाखेल-काठमाडौ सडक अबरुद्ध
एक बर्ष अगाडि

काठमाडौँ । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका ...

छुटाउनुभयो कि ?

TOP