१२असोज, काठमाडौं । काठमाडौं जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।
पृथ्वी राजमार्ग,अरनिको,बिपि राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ ।
काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् ।
काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
सबैभन्दा बढी असर विपी राजमार्गमा देखिएको छ ।बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं आउनेजाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।
सम्बादाता
- २०८१-०६-१२
एक बर्ष अगाडि
११,कार्तिक ,काठमाडौ ।राजनीति मुल नीति हो।जुन नितिले राज्य र जनतालाई खुशी राख्छ।के त्यस्तै छ त ?अहिले
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!