काठमाडौ -नारायणगढ सडक खण्ड दर्जनौं ठाउँ अबरुद्ध

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेको छ ।

जसका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग पूरै ठप्प भएको छ ।

यसका कारण चाडवाडको मुखमा राजधानीबाट घर जाने सडकखण्डअन्तर्गत कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायत दर्जनबढी ठाउँमा झरेको पहिरोका कारण यातायात अवरुद्ध छ ।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ ।तर एक ठाउँको पहिरो पन्छाइनसक्दै अर्को ठाउँमा पहिरो झर्ने गरेकाले यात्रुलाई सास्ती भएको छ ।

प्रहरीका अनुसार बर्षा नरोकिएकाले अत्यावश्यकबाहेक यात्रा नगर्नसमेत प्रहरीले आग्रह गरेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
2 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP