कुलेखानी -फाखेल-काठमाडौ सडक अबरुद्ध

कुलेखानी -फाखेल-काठमाडौ सडक अबरुद्ध

काठमाडौँ । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका-२ सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।

सोमबार बिहान ९ः३० बजेको समयमा उक्त स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसेको प्रहरीको भनाई छ । बिहीबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो । 

सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ । यता पहिरोका कारण कान्ति लोकपथ बिहीबारबाट बन्द छ । वर्षा नरिकिएकाले बकैया-१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुन्दर ,सफा ,मनमोहक पशुपति बागमती आर्यघाट
एक बर्ष अगाडि

१० कार्तिक काठमाडौ ।पशुपति क्षेत्र सुन्दर ,सफा देखिन थालेकोछ। फोहोर देखिने बितिकै टिपि हाल्ने र क ...

छुटाउनुभयो कि ?

TOP