कोटिहोममा बिश्व प्रसिद्ध कथा बाचक अनिरुद्राचार्य जि महाराजले सनिवार प्रबचन गर्ने

कोटिहोममा बिश्व प्रसिद्ध कथा बाचक अनिरुद्राचार्य जि महाराजले सनिवार प्रबचन गर्ने

काठमाडौ ।नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक सनिवार मानव सेवा फाउण्डेसनले आयोजना गरेको एक महिने पशुपति कोटिहोम महायज्ञमा सहभागि हुने भएका छन । 
वाचक अनिरुद्धाचार्य जी महाराजले पशुपतिनाथ मन्दिरको दर्शन सँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन । महाराजको स–परिवार सहित नेपाल आउने र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन । 
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन ।  उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता रहने गर्दछ । सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सधै खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखौ व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ । उनको मुखारविन्दबाट भागवत कथा प्रवचन कथा सुन्नको लागि धेरै ठाउमा भक्तजनहरु ५–६ घण्टा पहिले नै प्रतिक्षामा बस्ने गर्दछन ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलिले मुख्य सचिबलाई फेसबुकबाटै दिए बधाई
एक बर्ष अगाडि

काठमाडौ ।नेपाल सरकारले बिहीवार मुख्य सचिबमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो।मुख्य सचिबलाई सबैत ...

छुटाउनुभयो कि ?

TOP