१५ -भाद्र, काठमाडौ ।महिलाहरुको विशेष पर्व हरितलिका तीज नजिकिदै गर्दा देशै भरि विभिन्न सरकारी निकाय तथा संघ सस्थाहरुले यस बर्ष मौलिक तीज गीतहरुलाइ प्राथमिकता दिदै विभिन्न प्रतियोगिता साथै तीज शुभकामना आदान प्रदान एबम दर खाने कार्यक्रम भै रहेकाछन।शुक्रबार चागुनारायण नगरपालिकामा पनि चागुनारायण साहित्यिक समाज द्वारा नगर स्तरीय खुल्ला तीज गीत प्रतियोगिता अत्यन्तै भब्य रुपमा सम्पन्न भएकोछ।
चागुनारायण नगरपालिका प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा नगरको आफ्नै सभाहल हेल्मेट डाडामा उक्त कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रममा चागुनारायण नगरपालिका वडा २ का अध्यक्ष सोम बहादुर प्रधान सदस्य राधा माकाजु ,यसैगरी वडा ८ का अध्यक्ष जनक खत्री लगायत साहियकार,समाजसेवी लगायत स्थानिय नगरबासिहरुको बाक्लो उपस्थिति थियो।विभिन्न वडा बाट ११ वटा समूह प्रतिस्पर्धाको लागि आएको थियो।निर्णायकको रुपमा लोकप्रीय गायिका बिष्णुमाया पौडेल,साहियकार हरिकृष्ण बखुन्छे,गायिका ललिता भुजेल रहेका थिए ।
निर्णायक प्रमुख गायिका बिष्णुमाया पौडेलले आफ्ना गीतहरु गाएर सबैलाई नचाउदै सबै प्रतिस्पर्धामा आउनु भएकोमा सबैलाइ बधाई शुभकामना दिदै अत्यन्तै कुशल तरीका बाट निर्णय प्रस्तुत गरेकी थिइन।जसमा वडा न ९-एकाडोल टोल सुधार समितीले प्रथम स्थान हासिल गरेको थियो । यसैगरी दोस्रो स्थान वडा न ८ को ठूली ब्रमायणी समुह भएको थियो भने तेस्रो स्थान वडा न ७ -बासबारी सृजनसिल महिला समूहले प्राप्त गरेको थियो।
प्रथम हुनेले नगद रु ८००० र प्रमाणपत्र ,दोस्रो हुनेले ६००० र प्रमाणपत्र र तेसो हुनेले ४००० र प्रमाणपत्र ,प्रतिस्पर्धामा आउने सबैलाइ प्रमाणपत्र प्रदान चागुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल र अतिथीहरुको हातबाट प्रदान गरिएको थियो।उक्त कार्यक्रमको सन्चालन भने साहियकार समाजसेवी जुनु घिमिरेले गरेकी थिइन।
काठमाडौँ । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!