प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई प्रधानसेनापतिमा बुधबार नियुक्त गरेका हुन् ।

उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य अवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् ।

सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अघि बिदा बस्ने परम्परा अनुसार शर्मा बिदामा बसेपछि सिग्देलले कायममुकायमको जिम्मेवारी सम्हालेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP