प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई प्रधानसेनापतिमा बुधबार नियुक्त गरेका हुन् ।

उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य अवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् ।

सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अघि बिदा बस्ने परम्परा अनुसार शर्मा बिदामा बसेपछि सिग्देलले कायममुकायमको जिम्मेवारी सम्हालेका थिए ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सयुक्त रास्ट्र संघको ७९ औ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलिले मौकाको सदुपयोग गरेकाछन
एक बर्ष अगाडि

११ असोज, काठमाडौ ।सयुक्त राष्ट्रको संघको ७९ औ महाशभा यतिबेला अमेरिकामा भब्यताका साथ सन्चालान भैरहेको ...

छुटाउनुभयो कि ?

TOP