चर्चामा
काठमाडौँ । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोले नेपालको आर्थिक गतिविधिमा असर पार्ने देखिएको छ। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।बाढीपहिरोका कारण सडक तथा पूर्वाधारमा क्षति पुगेको, आपूर्ति प्रणाली प्रभावित भएको र निर्माण तथा व्यापारिक गतिविधिमा समेत असर परेको विश्व बैंकको विश्लेषण छ।
विशेषगरी रसुवामा आएको ठूलो बाढीले पूर्वाधार तथा आर्थिक गतिविधिमा थप दबाब सिर्जना गरेको जनाइएको छ। प्राकृतिक विपद्का कारण उत्पादन, ढुवानी र लगानीमा पर्ने असरले समग्र आर्थिक वृद्धिमा प्रभाव पार्न सक्ने देखिएको हो।
विश्व बैंकले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको अवस्था, पर्यटन, विप्रेषण तथा पुनर्निर्माण गतिविधिले भने केही राहत दिन सक्ने संकेत गरेको छ। तर बाढीपहिरोजस्ता प्राकृतिक विपद् र त्यसबाट हुने पूर्वाधार क्षतिले आर्थिक पुनरुत्थानमा चुनौती थप्ने बताइएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!