दक्षिण–पूर्वी एसियामा बिजुलीको माग उकालोमा, ऊर्जा संकटको जोखिम बढ्दै

दक्षिण–पूर्वी एसियामा बिजुलीको माग उकालोमा, ऊर्जा संकटको जोखिम बढ्दै

काठमाडौँ । उद्योगदेखि डाटा सेन्टरसम्मको विस्तार र गर्मीका कारण एसीको प्रयोग बढ्दै जाँदा दक्षिण–पूर्वी एसियामा बिजुलीको माग तीव्र रूपमा बढिरहेको छ। मागअनुसार ऊर्जा आपूर्ति व्यवस्थापन गर्न नसके यो क्षेत्रले ऊर्जा संकटको सामना गर्नुपर्ने जोखिम बढेको छ।अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार सन् २०२६ देखि २०३० सम्म दक्षिण–पूर्वी एसियामा बिजुलीको माग हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्ने अनुमान छ।

माग बढिरहे पनि यस क्षेत्रका धेरै देश तेल र ग्यासका लागि बाह्य आपूर्तिमा निर्भर छन्। मध्यपूर्वमा देखिने तनाव र आपूर्ति अवरोधले इन्धनको मूल्य तथा उपलब्धतामा असर पार्न सक्ने भएकाले जोखिम थप बढेको आईईएको भनाइ छ।आईईएले यस्तो जोखिम कम गर्न नवीकरणीय ऊर्जामा लगानी बढाउन, ऊर्जा स्रोत विविधीकरण गर्न र देशहरूबीच विद्युत् आदानप्रदानलाई थप बलियो बनाउन सुझाव दिएको छ।

ऊर्जाको माग यही गतिमा बढ्दै गएमा आगामी दिनमा दक्षिण–पूर्वी एसियाका लागि पर्याप्त र भरपर्दो विद्युत् आपूर्ति ठूलो चुनौती बन्न सक्ने देखिएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP