दसैँमा घर फर्किने नेपालीलाई सहज बनाउन जमुनाहा नाकामा हेल्प डेस्क

दसैँमा घर फर्किने नेपालीलाई सहज बनाउन जमुनाहा नाकामा हेल्प डेस्क

बाँके । दसैँ मनाउन भारतबाट घर फर्किने नेपाली यात्रुको चाप बढ्न थालेपछि बाँकेको जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

नेपालगन्जस्थित जमुनाहा नाकाबाट स्वदेश फर्किने यात्रुलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराउन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।भारतका विभिन्न ठाउँमा रोजगारी तथा व्यवसाय गर्दै आएका नेपालीहरू दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै नाकामा यात्रुको चाप पनि बढ्ने गरेको छ। यही अवस्थालाई ध्यानमा राखेर यात्रुलाई सीमा पार गर्न, आवश्यक जानकारी लिन तथा समस्या परेमा सहयोग पाउन सहज होस् भनेर हेल्प डेस्क राखिएको हो।

सहायता कक्षबाट यात्रुलाई नेपाल प्रवेश गर्ने प्रक्रिया, यातायात, सुरक्षा तथा अन्य आवश्यक सेवाबारे जानकारी दिइनेछ। समस्यामा परेका यात्रुलाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोगसमेत गरिने बताइएको छ।दसैँ नजिकिँदै जाँदा भारतबाट नेपाल फर्किने यात्रुको संख्या अझ बढ्ने भएकाले सीमा क्षेत्रमा सुरक्षा तथा यात्रु सहजीकरणलाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP