एआईजी वंशीराज दाहाल निलम्बित, सूचना चुहाएको आरोपमा छानबिन

एआईजी वंशीराज दाहाल निलम्बित, सूचना चुहाएको आरोपमा छानबिन

काठमाडौँ । पदावधि थपिने तयारीमा रहेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल अचानक निलम्बनमा परेका छन्। संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गर्दै छानबिन अघि बढाएको हो।दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न एआईजी अञ्जनीकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ। छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अनुमति नलिई भेट्न गएको आरोप पनि लागेको छ। जबरालाई प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा राखेका बेला दाहाल त्यहाँ पुगेको बताइएको छ।त्यसैगरी, जबरासँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान गरेको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ। तर दाहालले कुन सूचना चुहाएको भन्ने विषय भने गृह मन्त्रालयले सार्वजनिक गरेको छैन।दाहालको पदावधि थपका लागि सशस्त्र प्रहरी मुख्यालयले यसअघि नै सिफारिस गरेको थियो। निलम्बनपछि उनको पदावधि थप हुने विषय पनि अन्योलमा परेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP