चर्चामा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहँदा अबको कांग्रेस कस्तो हुनुपर्छ भन्ने बहस पनि तीव्र बनेको छ। महाधिवेशन प्रतिनिधिहरूले अनुभवी पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई सँगसँगै अघि बढाउँदै पार्टीलाई समयअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेस अब गुट-उपगुटको राजनीतिभन्दा माथि उठेर नीति, विचार र परिणाममुखी कामलाई प्राथमिकता दिने पार्टी बन्नुपर्ने आवाज उठेको छ। युवालाई नेतृत्वमा अवसर दिँदै अनुभवी नेता-कार्यकर्ताको ज्ञान र योगदानलाई पनि सम्मानपूर्वक समेट्नुपर्ने धारणा छ।
त्यसैगरी रोजगारी सिर्जना, आर्थिक विकास, सुशासन र जनताका दैनिक समस्यालाई प्राथमिकतामा राख्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने काम गर्नुपर्ने देखिन्छ। आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिता बलियो बनाउँदै सबै पुस्ता र वर्गलाई समेट्ने नयाँ कांग्रेस निर्माण गर्नुपर्ने अपेक्षा महाधिवेशन प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!