प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने, ७ वटा उजुरी दर्ता

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने, ७ वटा उजुरी दर्ता

सरकारद्वारा विभिन्न १३ देशका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आगामी असोज २६ देखि २८ गतेसम्म हुने भएको छ।

मन्त्रिपरिषद्को बैठकबाट विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका व्यक्तिहरूविरुद्ध तोकिएको समयसीमाभित्र कुल ७ वटा उजुरी दर्ता भएका छन्।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ। उनले परेका उजुरीमध्ये केही उजुरी गम्भीर प्रकृतिका रहेकाले समिति नै गठन गरेर छानबिन गर्नुपर्ने खालको समेत रहेको जानकारी दिए।

दर्ता भएका कुल ७ वटा उजुरीमध्ये २ वटा उजुरी सबै प्रस्तावित राजदूतहरूलाई समेटेर सामूहिक रूपमा हालिएका छन् भने बाँकी ५ वटा उजुरी निश्चित व्यक्तिहरूलाई छुट्टाछुट्टै लक्षित गरेर दर्ता गरिएका छन्।

संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूसँग छलफल गरी उनीहरूका गुनासा सुन्नेछ। त्यसका साथै प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना तथा पृष्ठभूमिको विस्तृत परीक्षण र छलफल गरेपछि मात्र नियुक्तिसम्बन्धी अन्तिम निर्णय लिइने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
11 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP