चर्चामा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदका कारण राज्यका संवेदनशील सूचनामा पहुँच भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन्। गृह मन्त्रालय र मातहतका निकायमा रहेका केही पदाधिकारी तथा कर्मचारीले गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उनको भनाइ छ।
गुरुङले सानो सूचना वा सुराकले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। राज्यले सुम्पिएको गोपनीयता जानाजान भंग गर्ने काम गम्भीर विषय भएको उनले उल्लेख गरेका छन्।
उनले गोप्य वा संवेदनशील सूचना चुहाउने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्। त्यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!