चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ।यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ।काठमाडौंमा आज अधिकतम तापक्रम २९–३१ डिग्री सेल्सियस रहने र वर्षाको सम्भावना ३० प्रतिशत रहेको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
11 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP