मधेसमा दुई महिनामै ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेसमा दुई महिनामै ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४५९ वटा विपद्का घटना भएका छन् । ती घटनामा ९२ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २८ बालबालिका छन्। सबैभन्दा धेरै ३९ जनाको मृत्यु करेन्ट लागेर भएको छ भने डुबेर २९ जनाको मृत्यु भएको छ। त्यस्तै वन्यजन्तुको आक्रमणबाट ५, चट्याङबाट ३ र आगलागीबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस अवधिमा ११२ वटा आगलागी, १०७ वटा करेन्ट लागेका घटना, ३७ डुबान, ३२ वन्यजन्तु आक्रमण, १२ बाढी र १० चट्याङका घटना भएका छन्।विपद्का कारण ५१० परिवार प्रभावित भएका छन् भने करिब २ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। विपद् उद्धार तथा व्यवस्थापनका लागि मधेसका आठै जिल्लामा २ हजार ८६९ प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
11 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP