चर्चामा
उत्तर कोरियाले हाइपरसोनिक रणनीतिक हतियार प्रणालीसँग सम्बन्धित मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार गरिएको परीक्षणको नेता किम जोङ उनले निरीक्षण गरेका थिए। उत्तर कोरियाको दाबीअनुसार क्षेप्यास्त्रले पूर्वी समुद्रतर्फ करिब १ हजार किलोमिटर दूरीमा रहेको लक्ष्यमा प्रहार गरेको थियो। तर दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र ७ सय किलोमिटरभन्दा बढी उडेको आकलन गरेको छ। किमले रणनीतिक हतियारको विकासलाई निरन्तरता दिनुपर्ने बताउँदै आणविक प्रतिरोध क्षमता थप मजबुत बनाउने संकेत दिएका छन्।
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!