दाउन्नेमा यात्रुवाहक बस दुर्घटना: ६ जनाको मृत्यु, १० जना घाइते

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना: ६ जनाको मृत्यु, १० जना घाइते

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने पहाडी खण्डमा शनिबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित ‘एस मोड’ मा अचानक अनियन्त्रित भई सडक किनारको नालामा खसेर दुर्घटनाग्रस्त प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने ६ जनाकै पहिचान भइसकेको छ:

  • निर्जुङ खत्री (५० वर्ष) – भेरीगंगा नगरपालिका–३, जाजरकोट
  • दिपेन्द्र केसी (३२ वर्ष) – कोहलपुर नगरपालिका–३, बाँके
  • नरेन्द्रराज गिरी (६५ वर्ष) – स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा
  • एकेन्द्रराज रेग्मी (५५ वर्ष) – कोहलपुर नगरपालिका–१०, बाँके
  • कृष कनौजिया (२२ वर्ष) – नेपालगन्ज उपमहानगरपालिका–७, बाँके
  • एकजना अन्दाजी ४०–४२ वर्षका पुरुषको पनि सनाखत भइसकेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै खटिएको प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल र भरतपुर अस्पताल पठाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि चितवन प्रेषित गरिएको अस्पताल प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP