चर्चामा
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ। गत साउन २२ गते फेला परेको शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन उर्फ रुची खातुनको रहेको पुष्टि भएको मकवानपुर प्रहरीले जनाएको छ।
भारतको बेतिया बैरिया थाना सरैया भटवलिया-६ निवासी विवाहित रुची गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित दाँतको उपचारका लागि भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्।अनुसन्धानका क्रममा उनी चितवनको भरतपुर महानगरपालिका-३ बेलचोक, नौघरे, गणेशमार्गमा २७ वर्षीय राहुलकुमार गुप्ता उर्फ ईश्वर कुमारसँगै कोठा भाडामा लिएर बस्दै आएको खुलेको थियो। प्रहरी अनुसन्धानबाट रुचीको हत्या गरी शव बोरामा राखेर सामुदायिक वनमा फालिएको र घटनामा राहुलको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ। मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध मकवानपुर प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएकी थिइन्।
डीएनए परीक्षणमा मृतकको नमुना उनकी आमासँग मेल खाएपछि पहिचान पुष्टि भएको हो। पहिचान खुलेपछि फातमा खातुनले असोज १६ गते मकवानपुर प्रहरीबाट शव बुझेर भारत लगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राहुलविरुद्ध भारतको बेतियामा समेत मुद्दा दर्ता भएको छ। उनी हाल बेतियास्थित कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!