चर्चामा
अब मनलाग्दी तरिकाले घर बनाउने घरधनीलाई समस्या पर्न सक्ने भएको छ। सरकारले प्रस्ताव गरेको भवन ऐन संशोधन विधेयकमा नक्सा पास नगरी घर बनाउने, स्वीकृत नक्साविपरीत संरचना थप्ने वा भवन निर्माणका मापदण्ड उल्लंघन गर्ने घरधनीमाथि कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकअनुसार 'क'र 'ख' वर्गका ठूला तथा अत्याधुनिक भवन स्वीकृत नक्सा र मापदण्डविपरीत निर्माण गरेमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। अन्य वर्गका भवनमा भने ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ।
त्यस्तै, नक्सा पास गरिसकेपछि आफूखुसी संरचना परिवर्तन गरेमा ‘क’ र ‘ख’ वर्गका भवनमा ३ लाखदेखि ५ लाख रुपैयाँसम्म तथा अन्य भवनमा २ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
जरिवाना तिरेर मात्रै अवैध संरचना वैध भने नहुने जनाइएको छ। स्थानीय तहले निर्माण रोक्न वा निर्माण भइसकेको संरचना हटाउन तथा भत्काउन आदेश दिन सक्नेछ। आदेश पालना नगरेमा त्यस्तो घरजग्गा बिक्री गर्न वा बैंकमा धितो राख्न नपाउने गरी रोक्का गर्न सम्बन्धित कार्यालयलाई पत्राचार गर्न सकिने व्यवस्था पनि विधेयकमा राखिएको छ।
त्यसैगरी, नियमविपरीत बनाइएको संरचना नहटाएसम्म धारा, बिजुली र टेलिफोनको सेवा रोक्न वा काट्न सम्बन्धित निकायलाई सिफारिस गर्न सकिने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्था लागू भएमा नक्सा पास नगरी वा स्वीकृत मापदण्डविपरीत घर बनाउनेलाई जरिवानासँगै संरचना हटाउने, घरजग्गा रोक्का गर्ने तथा आधारभूत सेवा रोक्नेसम्मका कारबाही हुन सक्नेछ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!