चेकजाँचमा बालिकाको संवेदनशील अंग छोएको आरोपमा कुटिए स्वास्थ्यकर्मी

चेकजाँचमा बालिकाको संवेदनशील अंग छोएको आरोपमा कुटिए स्वास्थ्यकर्मी

कोहलपुर। कोहलपुरस्थित थापा मेडिकलमा चेकजाँचका क्रममा बालिकाको संवेदनशील अंगमा हात लगाएको आरोपमा स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले कुटपिट गरेका छन्। कुटपिटमा परेका व्यक्ति डाक्टर नभई सिएमए गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापा रहेको बताइएको छ। शनिबार मेडिकलमै पुगेर बालिका र उनका आफन्तले उनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पेट दुखेपछि मेडिकल पुगेकी बालिकाले स्वास्थ्यकर्मीले जबर्जस्ती कपडा खोलेर संवेदनशील अंगमा हात लगाएको आफन्तलाई बताएको दाबी गरिएको छ। यता स्वास्थ्यकर्मी थापाले भने बालिकाले समस्या बताएपछि उनकै आग्रहमा स्वास्थ्य परीक्षण गरेको र कुनै गलत उद्देश्य नभएको बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP