ककपिट झगडालाई लिएर ‘आतंककारी हमला’को कोणबाट पनि अनुसन्धान

ककपिट झगडालाई लिएर ‘आतंककारी हमला’को कोणबाट पनि अनुसन्धान

फ्लाईदुबई को FZ1073 विमानमा भएको ककपिट विवादबारे नयाँ विवरण सार्वजनिक भएको छ।स्रोतका अनुसार इजरायली अधिकारीहरूले एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको हुन सक्ने भन्दै घटनालाई सम्भावित आतंककारी हमलाको कोणबाट पनि अनुसन्धान गरिरहेका छन्।विमानले 7700 र त्यसपछि 7500 आपत्कालीन संकेत पठाएपछि सम्भावित हाइज्याकको आशंका भएको थियो। इजरायलले लडाकु विमानसमेत परिचालन गरेको थियो। तर विमान सुरक्षित रूपमा साउदी अरबको ताबुक विमानस्थलमा अवतरण गरेको र यात्रुहरू सुरक्षित रहेको  फ्लाईदुबईले जनाएको छ।दुवै पाइलट घाइते भएर अस्पताल लगिएको बताइएको छ। घटनाको वास्तविक कारण र ककपिटभित्र भएको घटनाक्रमबारे अनुसन्धान जारी छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
10 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP