फ्लाइदुबईको ककपिटमा पाइलटबीच झडप, हाइज्याक संकेतपछि लडाकु विमान परिचालन

फ्लाइदुबईको ककपिटमा पाइलटबीच झडप, हाइज्याक संकेतपछि लडाकु विमान परिचालन

काठमाडौँ । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। उडानका क्रममा विमानबाट आपत्कालीन तथा सम्भावित हाइज्याक संकेत प्रसारण भएपछि इजरायलले लडाकु विमान परिचालन गरेको थियो।

विमानमा रहेका दुई पाइलटबीच ककपिटमै झडप भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएपछि हाइज्याकको आशंका उत्पन्न भएको बताइएको छ। विमानले मार्ग परिवर्तन गर्दै साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गरेको थियो। विमान सुरक्षित अवतरण गरेपछि सबै यात्रु सुरक्षित रहेको पुष्टि भएको छ।

उडानका क्रममा प्रसारण भएको ‘७५००’ कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेत हो। यही संकेतपछि इजरायली सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका थिए। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
10 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP