चर्चामा
रसुवा । उत्तरगया गाउँपालिका-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत् ३३ जना विद्यार्थी दैनिक रूपमा ज्यानको बाजी लगाएर विद्यालय पुग्न बाध्य बनेका छन्। भोटेकोशीको बाढीपछि यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले यस्तो सास्ती खेप्नुपरेको हो।
शान्तिबजार र पैरेबेँसीबाट आउने यी विद्यार्थीहरू दैनिक रूपमा सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन्। त्यसपछि गाडीको पछाडि जोखिमपूर्ण रूपमा झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म पुग्ने गर्छन्। उनीहरूको सास्ती यतिमै रोकिँदैन-त्यसपछि उर्लँदो त्रिशूली नदी तुइनको सहारामा पार गरेर ढुङ्गे बजार पुग्नुपर्ने बाध्यता छ।
ढुङ्गे बजारबाट पुनः माइक्रोबस चढेर आङ्गिटार पुगेपछि सिहाले गाउँको आधा घण्टाको उकालो पैदल यात्रा गर्नुपर्छ। त्यहाँबाट बेत्रावती पुगेर फड्के तर्दै थप २० मिनेट उकालो हिँडेपछि मात्र उनीहरू विद्यालय आइपुग्छन्।
विद्यालयकी शिक्षिका रन्जना थापाका अनुसार भोटेकोशी बाढीका कारण सिर्जना भएको यो जोखिमपूर्ण यात्रा कुनै दन्त्यकथा नभई ती विद्यार्थीहरूको कठिन वास्तविकता बनिसकेको छ। शिक्षा आर्जनका लागि बालबालिकाले दैनिक रूपमा भोग्नुपरेको यो चरम सास्तीलाई तीनै तहका सरकारले समयमै मनन गरी समाधानका लागि तत्काल ठोस कदम चाल्न आग्रह गरिएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!