सडक भासिँदा रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

सडक भासिँदा रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएपछि रेसुङ्गा विमानस्थलका साथै तम्घास-सिमीचौर-राङबास-खज्र्याङ हुँदै रिडी जाने सडकखण्डमा समेत यातायात सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ। हाल उक्त बाटोमा मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन्। सडक भासिँदा रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन्। स्थानीय तिलबहादुर कुँवरका अनुसार वर्षा कायमै रहेकाले घर नै बगाउने हो कि भन्ने त्रास बढेको छ।

सघन सहरी विकास कार्यालय पाल्पाको 'एकीकृत सडक स्तरोन्नति कार्यक्रम' अन्तर्गत निर्माण भई गत असार मसान्तमा मात्रै काम सम्पन्न भएको उक्त सडक निर्माण सकिएको एक वर्ष नपुग्दै भासिएको हो। सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास पढ्न जाने विद्यार्थी, विमानस्थलका यात्रु तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवका अनुसार तत्काल यातायात सञ्चालन सहज बनाउन एक-दुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको छ। भासिएको पक्की सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने उनले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
10 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP