चर्चामा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाधिवेशनको नयाँ कार्यतालिका अझै टुंगो लगाउन सकेको छैन । महाधिवेशनको मिति तय गर्नुअघि पार्टीको सचिवालय गठन गर्ने विषयमै सहमति जुट्न नसक्दा प्रक्रिया अन्योलमा परेको हो ।
असोज ६ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने जिम्मेवारी सचिवालयलाई दिने तयारी गरिएको थियो । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २० देखि २५ गतेभित्र सचिवालय बैठक बोलाउने प्रतिबद्धता जनाए पनि सचिवालय गठनको आधार र प्रक्रिया अझै स्पष्ट हुन सकेको छैन ।
पार्टीभित्र सचिवालय गठन गर्दा निर्वाचन आयोगमा दर्ता गरिएको ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई आधार मान्ने कि एकीकरणबाट बनेको २ हजार ४९९ सदस्यीय केन्द्रीय समितिलाई आधार बनाउने भन्नेमा मतभेद देखिएको छ ।
केन्द्रीय कार्यसंयोजन समितिका सदस्य देवेन्द्र पौडेलले भने २ हजार ४९९ सदस्यीय केन्द्रीय समितिको एकतिहाइका आधारमा सचिवालय गठन गरिने बताएका छन् । उनका अनुसार सचिवालय गठन केही दिनभित्रै टुंग्याएर असोज २५ गतेसम्म बैठक बस्ने तयारी छ ।
पार्टीका मुख्य सचिव गणेशमान पुनले पनि सबै एकीकरण घटकलाई समेटेर सचिवालय गठनको तयारी भइरहेको बताएका छन् । तर, २ हजार ४९९ सदस्यीय समितिका सबै सदस्यको वर्तमान अवस्था, सक्रियता र जिम्मेवारीबारे स्पष्ट अभिलेख नहुँदा प्रक्रिया थप जटिल बनेको छ ।
यसअघि काठमाडौंमा मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो । तर, भदौ १० गतेको बाढीपहिरोपछि बसेको बैठकले उक्त कार्यतालिका पुनरावलोकन गरी नयाँ मिति तय गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठले स्थानीय तहको निर्वाचनअघि महाधिवेशन हुने विषयमा समेत प्रश्न उठाएका छन् । उनका अनुसार अब सचिवालय वा राजनीतिक समितिले महाधिवेशनको समयबारे निर्णय गर्नेछ ।
यता वरिष्ठ नेता झलनाथ खनालले वर्तमान 'जम्बो' केन्द्रीय समितिबाट पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने भन्दै २२ बुँदे वैकल्पिक प्रस्ताव अघि सारेका छन् । उनले हालको केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।
यसरी नेकपामा अहिले मुख्य रूपमा सचिवालय गठन, त्यसको आधार र महाधिवेशनको नयाँ कार्यतालिका टुंग्याउने विषय पेचिलो बनेको छ । सचिवालय गठन भएपछि मात्रै महाधिवेशनको नयाँ मिति र तयारीबारे स्पष्ट निर्णय हुने देखिएको छ ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!