चर्चामा
काठमाडौ ।नेपाल बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी ऋण प्रवाहमा घुस लिएको मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतले अधिकारीलाई विभिन्न व्यवसायीलाई ऋण मिलाइदिने नाममा घुस लिएको प्रकरणमा दोषी ठहर गरेको हो। अधिकारीले काभ्रेका राजमान तामाङको नाममा रहेको हिमाल–तराई कन्स्ट्रक्सनलाई नेपाल बैंकबाट ६ करोड रुपैयाँ ऋण मिलाइदिने भन्दै ६ लाख रुपैयाँ घुस मागेको र पाँच लाख रुपैयाँको चेक लिएको अनुसन्धानमा खुलेको थियो। यो प्रकरणमा अधिकारीसँगै व्यवसायी राजमान तामाङ पनि दोषी ठहर भएका छन्। यसअघि ऋणको धितो मूल्यांकन र मागअनुसारको रकम नपाएपछि व्यवसायीहरूले आफूले दिएको रकम तथा चेक फिर्ता मागेका थिए। रकम र चेक फिर्ता नभएपछि बैंकका उच्च अधिकारी र नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो।
छानबिनका क्रममा अधिकारीले घुस लिएको पुष्टि भएपछि उनलाई पाँच लाख रुपैयाँ जरिवाना गरी नेपाल बैंकको सञ्चालक समिति अध्यक्षबाट हटाएर सदस्यमा सीमित गरिएको थियो।अधिकारीमाथि रुपन्देहीको बेलहियास्थित भुसाल हस्पिटालिटीअन्तर्गतको रेडिसन प्रोजेक्टलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख रुपैयाँभन्दा बढी ऋण मिलाइदिने भन्दै १९ लाख रुपैयाँ घुस लिएको अर्को आरोप पनि थियो। अनुसन्धानअनुसार ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अधिकारीले घुस मागेका थिए। त्यस क्रममा सात लाख र १३ लाख रुपैयाँका दुईवटा चेकमार्फत रकम लिएको खुलेको थियो। यसरी नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीमाथि विभिन्न ऋण प्रकरणमा कुल ७४ लाख रुपैयाँभन्दा बढी घुस लिएको आरोप लागेको थियो।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!