दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङ जिल्ला संयोजकको जिम्मेवारी

दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङ जिल्ला संयोजकको जिम्मेवारी

गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षमा प्रवेश गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ। मनाङे यसअघि मनाङबाट दुईपटक स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनी २०७६ मा तत्कालीन नेकपा र २०७९ को निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। गण्डकी प्रदेश सरकारमा उनी पटक–पटक मन्त्रीसमेत बनेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
10 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP