सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने बाटो खुल्दै

सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने बाटो खुल्दै

काठमाडौं । सरकारले सातवटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तयारी अघि बढाएको छ। प्रदेशस्तरमै वैज्ञानिक परीक्षण तथा अनुसन्धानको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला स्थापना गर्ने बाटो खुल्न लागेको हो।विधि विज्ञान प्रयोगशाला स्थापना भएपछि अपराध अनुसन्धानका क्रममा आवश्यक पर्ने वैज्ञानिक परीक्षण, प्रमाणको विश्लेषण तथा अनुसन्धान प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।

हाल विभिन्न परीक्षणका लागि केन्द्रमा निर्भर रहनुपर्ने अवस्थाका कारण अनुसन्धानमा समय लाग्ने गरेको छ। प्रदेशमै प्रयोगशाला सञ्चालनमा आएपछि प्रहरी तथा अनुसन्धान निकायलाई आवश्यक प्रमाणको वैज्ञानिक परीक्षण गर्न सहज हुने बताइएको छ।सातवटै प्रदेशमा प्रयोगशाला स्थापना भएपछि अपराध अनुसन्धानलाई थप प्रभावकारी, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
10 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP