प्रेमजालमा पारेर ब्ल्याकमेल गरेको आरोपमा युवती पक्राउ

प्रेमजालमा पारेर ब्ल्याकमेल गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । प्रेमसम्बन्धको जालमा पारेर एक पुरुषलाई ब्ल्याकमेल गर्दै पटक-पटक नगद तथा जिन्सी सामान असुल गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं बस्दै आएकी ३० वर्षीया श्रेष्ठ थरकी युवती रहेकी छन्। प्रहरीका अनुसार उनले पूर्वयोजना बनाएर बाँकेका एक पुरुषलाई आफ्नो सम्पर्कमा ल्याएकी थिइन्।

प्रहरी अनुसन्धानका क्रममा ती युवतीले सुरुमा प्रेमसम्बन्ध कायम गरी विश्वासमा लिएको र त्यसपछि विभिन्न विषयमा डर–त्रास देखाउँदै रकम तथा जिन्सी सामान असुल गरेको खुलेको जनाइएको छ।

प्रहरीका अनुसार पीडित पुरुषलाई गम्भीर मुद्दामा फसाइदिने भन्दै धम्की दिने तथा त्यसैको डर देखाएर पटक-पटक रकम र सामान माग्ने गरेको आरोप छ। घटनापछि फरार रहेकी युवतीलाई प्रहरीले असोज ५ गते पक्राउ गरेको हो। पक्राउ परेकी उनीमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको प्रकृति, पीडितबाट असुल गरिएको रकम तथा सामान र यसमा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP