चर्चामा
काठमाडौ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चिनियाँ नाकामा रोकिएको सामान आयातको अनुमति दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले अधिकारीसहित वसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध सोमबार आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा घुसबापत २८ लाख २० हजार ३ सय ७५ रुपैयाँ विभिन्न बैंक खातामा जम्मा गरेको पाइएको छ।
अधिकारीसँग २८ लाख २० हजार, श्रेष्ठसँग १४ लाख ९३ हजार ३ सय ७५, बस्यालसँग ८ लाख ९४ हजार ५ सय र चौधरीसँग २ लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको जनाएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!