बाढीले पुरेको घरबाट १५ तोला सुन, ४ लाख नगद फेला, घरधनीलाई बुझाइयो

बाढीले पुरेको घरबाट १५ तोला सुन, ४ लाख नगद फेला, घरधनीलाई बुझाइयो

नुवाकोट ।नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरेको घरबाट फेला परेको सुन, चाँदी र नगद सशस्त्र प्रहरीले सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित अनुज जोशीको घरको भग्नावशेषबाट अन्दाजी १५ तोला सुन, ६ तोला चाँदी र नगद ४ लाख रुपैयाँ फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमाण्डमा असोज १२ गते खटिएको टोलीले घरको भग्नावशेष खन्दा उक्त जिन्सी तथा नगद बरामद गरेको थियो।

फेला परेको सुन, चाँदी र नगद स्थानीय रोहवरमा घरधनी अनुज जोशीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले खोज, उद्धार, राहत वितरण तथा नागरिकको जीउधन सुरक्षाका लागि निरन्तर परिचालन भइरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP