चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। तर महाधिवेशनमा मतदान गर्ने अन्तिम मतदाताको टुङ्गो भने अझै पूर्ण रूपमा लागिसकेको छैन।कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने र त्यसपछि जिल्ला तथा प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनमा जाने व्यवस्था छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा महामन्त्री पदमा आकांक्षीहरू पनि खुल्न थालेका छन्। हालका महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले पुनः महामन्त्री पदमा दाबी गर्ने तयारी गरेका छन्। यसबाहेक लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको सार्वजनिक भएको छ।
महाधिवेशन प्रतिनिधि तथा मतदाताको अन्तिम सूची निर्माणको प्रक्रिया भने अधिवेशनका विभिन्न तह सम्पन्न हुँदै जाँदा अघि बढिरहेको छ। क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी विवादका कारण प्रतिनिधि चयनको विषय लामो समयदेखि कांग्रेसभित्र चर्चामा रहँदै आएको थियो। कांग्रेसले सक्रिय रहेका तर विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको जनाएको छ। यससँगै प्रतिनिधि तथा मतदाता व्यवस्थापनको विषय थप महत्वपूर्ण बनेको छ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति, महामन्त्रीलगायत पदमा आकांक्षी नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्ने क्रम बढ्दै गएको छ। अब तल्लो तहका अधिवेशनबाट चयन हुने प्रतिनिधिको संरचनाले केन्द्रीय नेतृत्वको प्रतिस्पर्धाको स्वरूपसमेत स्पष्ट पार्नेछ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!