काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो, हावाहुरी र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले उच्च सतर्कता अपनाएको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् सेवा छिटो पुनःस्थापना गर्न जनशक्ति, उपकरण र प्राविधिक टोली तयारी अवस्थामा राखी परिचालन गरेको जनाएको छ। कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सातै प्रदेशका कार्यालय प्रमुखसँग छलफल गरी क्षतिको अवस्था र विद्युत् आपूर्तिबारे जानकारी लिएका छन्।विद्युत् अवरुद्ध भएका ठाउँमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सञ्चालनवैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको सुरक्षित मर्मत तत्काल अघि बढाउन निर्देशन दिइएको छ। भारी वर्षा र सडक अवरोधका कारण केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न भने कठिनाइ भइरहेको छ।
संवाददाता
- २०८३-०६-११
9 घण्टा अगाडि
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!