जलवायु संकटको आवाज विश्वमञ्चमा उठाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

जलवायु संकटको आवाज विश्वमञ्चमा उठाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौ ।प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरे।

उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालजस्ता हिमाली मुलुकले भोगिरहेको बताए।

उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने भन्दै हिमाली समुदाय, साना टापु राष्ट्र र भूपरिवेष्टित देशका आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा समान महत्त्व दिनुपर्ने बताए।

जलवायु परिवर्तनबाट सिर्जित संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताए।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र हिमाली समुदायको आवाज उठाएर प्रधानमन्त्री शाह स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
9 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP