सुस्तामा सशस्त्र प्रहरीद्वारा २९ जनाको सकुशल उद्धार

सुस्तामा सशस्त्र प्रहरीद्वारा २९ जनाको सकुशल उद्धार

नवलपरासी ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा नारायणी नदीको जलसतह बढेर बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना स्थानीयको सकुशल उद्धार गरेको छ।

असोज ९ गते परेको अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव बढ्दा थारुटोलाका घरमा पानी पसेको थियो। त्यसपछि असोज १० गते बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ सदस्यीय टोलीले डुबानमा परेका २९ जना स्थानीयलाई सुरक्षित स्थानमा उद्धार गरेको हो।

उद्धारका क्रममा टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका नागरिक तथा चौपायालाई सुस्ता–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको थप उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
9 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP