चर्चामा
लगातारको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्गको धादिङ खण्डमा ७ ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै, बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् भने त्रिभुवन राजपथ अत्यावश्यक सामग्रीका लागि एकतर्फी सञ्चालनमा छ। राजमार्ग अवरुद्ध हुँदा काठमाडौंको कालीमाटी बजारमा तरकारी तथा फलफूलको आपूर्ति ८५ प्रतिशतभन्दा बढी घटेर ९७ हजार ६ सय ५१ किलोमा सीमित भएको छ। आपूर्ति घटेसँगै बजारमा तरकारीको मूल्यसमेत बढेको छ। हरियो धनियाँ प्रतिकिलो ४ सय ५० रुपैयाँ पुगेको छ भने हरियो प्याज, काउली र हरियो खुर्सानीको मूल्य पनि बढेको छ।
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!