चर्चामा
काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको सिक्किममा अविरल वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ। ग्याल्सिङ जिल्लाको रिम्बी क्षेत्रमा गएको भीषण पहिरोबाट ३० भन्दा बढी घर प्रभावित भएका छन्।
पहिरोको जोखिम बढेपछि केही परिवार घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। माथिल्लो भेगबाट आएको हिलो, ढुंगा र मलबेका कारण घर तथा सडकमा क्षति पुगेको बताइएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रशासनलाई उच्च सतर्कतामा रहन तथा प्रभावित क्षेत्रको निरन्तर निगरानी गर्न निर्देशन दिएका छन्। स्थानीयले थप पहिरोको जोखिम रहेकाले तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न माग गरेका छन्।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!