सुनसरीमा १० लाखको अवैध मासु बरामद, मालिक अझै गुमनाम

सुनसरीमा १० लाखको अवैध मासु बरामद, मालिक अझै गुमनाम

इनरुवा । सुनसरीको कोशी गाउँपालिका-६ श्रीपुरजब्दीबाट करिब १० लाख रुपैयाँ मूल्य बराबरको अवैध मासु बरामद भएको तीन दिन बितिसक्दा पनि त्यसको मालिकको पहिचान हुन सकेको छैन। प्रहरीले असोज २ गते मन्सुरी टोलबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा प्याक गरिएको मासु बरामद गरेको थियो। बरामद मासुमा 'चिकेन सेक कबाब' ४७१ प्याकेट, 'चिकेन बर्गर पटिया' ४०३, 'चिकेन नगेट्स' २०६, 'चिकेन फिङ्गर' ५५४ र 'चिकेन मेटाबल' ५२४ प्याकेट रहेका छन्।

प्रहरीका अनुसार उक्त मासु भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ। नेपाली कम्पनीको लेबलमा प्याक गरिएको अवस्थामा भेटिएको मासु उपभोगका लागि अयोग्य रहेको पाइएपछि सरोकारवालाको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

मासुको मालिकबारे भने प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
9 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP