चर्चामा
काठमाडौ । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन।
बिहीबार साँझदेखि पहिरोका कारण अवरुद्ध भएका दुवै सडकखण्डमा विभिन्न स्थानमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ–ठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो। सडकमा रोकिएका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने केही सवारीसाधनलाई शुक्रबार दिउँसो पार गराइएको छ।
तर पहिरो खस्ने क्रम नरोकिएपछि जोखिमलाई मध्यनजर गर्दै दुवै सडकमा नियमित सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि बिहीबारदेखि आएका सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!